Logo

गण्डकी र लुम्बिनी प्रदेशमा हल्का वर्षाको सम्भावना



काठमाडौं, कात्तिक ४ । हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको सामान्य प्रभाव रहेको छ ।

आज बिहान देशका पहाडी भू-भागमा आंशिक बदलीदेखि सामान्यता सफा रहेको छ । त्यस्तै, बाँकी भू-भागमा मौसम सामान्यता सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज दिउँसो भने देशका पहाडी भू-भागमा आंशिक बदली हुनेछ । त्यस्तै, बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ । त्यस्तै, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

शुक्रबार राति भने देशका पहाडी भू-भागमा आंशिक बदली हुनेछ । साथै बाँकी भू-भागमा मौसम सामान्यतया सफा हुने भएकाे महाशाखाले जनाएकाे छ ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot