Logo

राजु गुरुङको रिट न्यायाधीशद्धय खतिवडा र रेग्मीको संयुक्त इजलाशमा



काठमाडौं, ४ कार्तिक । सत्ता गठबन्धनबाट रुपन्देही–२ मा साझा उम्मेदवार बनेका नेकपा (एकीकृत समाजवादी) का राजु गुरुङको रिटमाथि सुनुवाई जारी छ । सो रिटमाथि सर्वोच्च अदालतका न्यायाधीश ईश्वरप्रसाद खतिवडा र कुमार रेग्मीको संयुक्त इजलासमा सुनुवाई जारी छ ।

गुरुङको पेशी पहिलो नम्बरमा थियो । निर्वाचन आयोगले चेक अनादरको आरोपमा गुरुङको उम्मेदवारी खारेज गरेको थियो । आयोगको उक्त निर्णयको विरोधमा गुरुङ अदालत गएका हुन्ु । गुरुङको तर्फबाट वरिष्ठ अधिवक्ता शम्भु थापालगायतले बहस गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot