काठमाडौं, ४ कात्तिक । हाम्रो नेपाली पार्टीबाट रुपन्देही–२ का प्रतिनिधि सभा सदस्य उम्मेदवार डा.कमल भुसाल (निकोलस)को उम्मेदवारी खारेजीको कारण सर्वोच्च अदालतले माग गरेको छ।
निर्वाचन आयोगले सरकारी छात्रवृत्तिमा अध्ययन गरेको भन्दै भुसालको उम्मेदवारी खारेज गरेको थियो। चिकित्साशास्त्रमा नेपाल सरकारको छात्रवृत्तिमा पढेका व्यक्ति निर्वाचनमा उम्मेदवार बनेको भन्ने उजुरी परेपछि निर्वाचन अधिकृतको कार्यालयले उनको उम्मेदवारी खारेज गरेको थियो।
आफ्नो उम्मेदवारी कायम राख्न अन्तरिम आदेश माग गर्दै डा.भुषाल सर्वोच्च पुगेका थिए।
न्यायाधीश कुमार रेग्मीको इजलासले अन्तरिम आदेश नदिए पनि उम्मेदवारी खारेजीको कारण माग गरेको छ। आगामी कात्तिक १५ गते दुवै पक्षलाई छलफलका लागि अदालतले बोलाएको छ।