Logo

माओवादीका भण्डारी एमाले प्रवेश, ओलीले गरे स्वागत



काठमाडौं, ४ कार्तिक । नेकपा (माओवादी केन्द्र) का प्रदेश कमिटी सदस्य मुरारी भण्डारी नेकपा (एमाले) मा प्रवेश गरेका छन् । अध्यक्ष केपी शर्मा ओलीले हिजो (बिहीबार) साँझ बालकोटमा भण्डारीलाई खादा र अवीर लगाई पार्टीमा स्वागत गरेका हुन् ।

सो अवसरमा पार्टीका उपमहासचिव विष्णु रिमाल र केन्द्रीय सदस्य धर्मदत्त देवकोटा पनि उपस्थित रहेको एमालेले जनाएको छ । ओली हिजोमात्रै झापाबाट काठमाडौं फर्किएका हुन् । आज भने उनले सर्वसाधारण जनतासँग टेलिफोनमा सम्वादन गर्दैछन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot