Logo

मेनुमा उल्लेख भएको मूल्यमा अतिरिक्त रकम लिए कारवाही गर्ने चेतावनी



काठमाडौं, ४ कात्तिक । वाणिज्य,आपुर्ति तथा संरक्षण विभागले मेन्युमा करसहितको अन्तिम उपभोक्ता मुल्यमा अतिरिक्त रकम लिए कारवाही गर्ने चेतावनी दिएको छ ।

विभागका निर्देशक होमनाथ भट्टराईले एक विज्ञप्ती जारी गर्दै होटल, रेष्टुरेन्ट तथा बार व्यवसायीलाई मेन्युमा उल्लेख गरिएको मुल्यमा अतिरिक्त रकम नलिन आग्रह गरेका हुन् ।

मेनुमा अतिरिक्त शुल्क र मूल्य अभिवृद्धि कर लिइएको पाइएमा उपभोक्ता संरक्षण ऐन, २०७५ तथा नियमावली, २०७६ बमोजिम कारवाही हुने जनाएको छ ।

‘उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा ३ मा उल्लिखित अधिकार अन्तर्गत प्रत्येक उपभोक्तालाई आफूले उपभोग गर्न चाहेको वस्तु वा सेवाको उपभोक्ता मुल्यबारे पूर्वसूचित हुने अधिकार रहन्छ ।’ विभागले जारी गरेको विज्ञप्तीमा लेखिएको छ, ‘मूल्य अभिवृद्धि कर नियमावली, २०५३ को नियम १४ ख अनुुसार मूल्य अभिवृद्धि करमा दर्ता भएको व्यक्तिले आफ्नो प्रदर्शनी कक्ष, बिक्रि कक्ष, होटल, रेष्टुरेण्ट, बार, कारोबारस्थल वा आपूर्ति गर्ने स्थानमा राखिएको कर लाग्ने वस्तु वा सेवाको बिक्रि मुल्यमा कर सहितको मूल्य उल्लेख गर्नुपर्ने व्यवस्था छ ।’



प्रतिक्रिया दिनुहोस्