Logo

गोप्य क्यामेरा राखेर अश्लील भिडियो खिच्ने लजका म्यानेजर पक्राउ



काठमाडौं, ४ कात्तिक । गोप्य क्यामेरा राखेर अश्लील भिडियो खिचेका होटलका एक म्यानेजरलाई प्रक्राउ गरी प्रहरीले सार्वजनिक गरेको छ ।

बाँसबारी रेष्ट्रो क्याफे एण्ड लजका म्यानेजर चन्द्रागिरिका मुकेश मालीलाई प्रहरीले सार्वजनिक गरेको हो । ४२ वर्षीय मालीले लजमा आउने पाहुनाहरुको गोप्य भिडियो रेकर्ड गर्ने गरेको सुचनाको आधारमा प्रहरीले उनलाई पक्राउ गरेको हो ।

प्रहरी होटलमा पुगेर उनको मोवाइल हेर्दा लजमा आएका विभिन्न व्यक्तिहरुको भिडियो फेला पारेपछि उनलाई पक्राउ गरिएको जनाइएको छ । उनको साथबाट आइफोन १२ प्रो म्याक्स पनि बरामद गरेको छ ।

मालीविरुद्ध अभद्र व्यवहार गर्न नहुने मुद्दामा जिल्ला प्रसासन कार्यालय काठमाडौंबाट ५ दिनको म्याद थप गरी प्रहरी वृत्त महाराजगञ्जबाट थप अनुसन्धान गरिरहेको छ ।



प्रतिक्रिया दिनुहोस्