Logo

घनश्यामलाई देखाउँदै माधव नेपालले भने–मैले पहिल्यै भनेको थिएँ, ओली कहिल्यैपनि सुध्रिनेवाला छैनन्



काठमाडौं, ४ कार्तिक । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले एमाले अध्यक्ष केपी शर्मा ओली कहिल्यैपनि नसुध्रिने टिप्पणी गरेका छन् । ओलीले सरकारको नेतृत्वमा हुँदा काम गर्न नपाएको भनेर गरेको टिप्पणीलाई पनि उनले आलोचना गरेका छन् ।

आज (शुक्रबार) सत्ता गठबन्धनले बुटवलमा आयोजना संयुक्त चुनावीलक्षित प्रशिक्षण कार्यक्रममा सम्बोधन गर्दै अध्यक्ष नेपालले यस्तो बताएका हुन् । उनले सरकारको नेतृत्वमा हुँदा ओलीले आफूलाई काम गर्न नदिएको भनेर गरेको टिप्पणीको पनि आलोचना गरे । उनले काम गर्न दिएनन् भन्न लाज लाग्दैन भनेर ओलीलाई प्रश्न तेर्साएका थिए ।

सत्ता गठबन्धनको समर्थनमा स्वतन्त्र रुपमा चुनावी मैदानमा उत्रिएका घनश्याम भुषालको नाम उल्लेख गर्दै नेपालले भने,‘केपी ओली सुध्रिनेवाला छैनन् भनेर मैले पहिल्यै भनेको थिएँ, पछिल्लो समय कमरेड घनश्याम भुसाललगायत साबुनले नुहाइदिएर परिवर्तन गराउन बस्नुभएको थियो, तर सक्नुभएन । उहाँले ओलीलाई धुन्छु भन्नुभएको थियो । साबुन पानीले धुँदाधुदै पाखा लाग्नु पर्‍यो । मैले पहिले नै भनेको थिए ओली सुध्रिनेवाला छैनन् ।’

 



प्रतिक्रिया दिनुहोस्