Logo

बर्दिया-२ का उम्मेदवार रावल भन्छन्-म जनताको साझा उम्मेदवार हुँ, विकासबाहेक अरु सोचेको छैन



काठमाडौं, ५ कार्तिक । बर्दिया-२ मा राप्रपाबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार रहेका युवा नेता विनय रावलले आफू जनताको साझा उम्मेदवार भएको बताएका छन् । उनले सबै जनताले आफूलाई अत्यधिक बहुमतका साथ विजयी गराउने विश्वास व्यक्त गरेका छन् ।

आज (शनिबार) सक्रिय युवा समाजले गेरूवामा आयोजना गरेको दोस्रो सक्रिय कपको पुरस्कार वितरण कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै रावलले आफूले समृद्ध बर्दियाको सपना देखेको र सोहीअनुसार काम गरेको जनाए ।

पार्टीमा सक्रिय हुनुभन्दा पहिले रावल समाजसेवामा सक्रिय थिए । बर्दियाको भाग्य र भविष्य बदल्नको लागि आफू चुनावी मैदानमा खडा भएको भन्दै सो क्षेत्रको विकास गरेरै छाड्ने उनको भनाई थियो ।

 

 



प्रतिक्रिया दिनुहोस्