Logo

कांग्रेस नेतृ मैयादेवी श्रेष्ठको निधन



काठमाडौं, कात्तिक ६ । कांग्रेस नेतृ तथा पूर्व सांसद मैयादेवी श्रेष्ठको ९५ वर्षको उमेरमा निधन भएको छ। आज बिहान १ बजे चितवन मेडिकल कलेजमा उपचारको क्रममा निधन भएको उनका धर्म पुत्र टंकनाथ पौडेलले जानकारी दिए।

गत असोज २५ गतेदेखि श्रेष्ठ निमोनियाबाट अस्वस्थ बनेकी थिइन्। दनबिरकै उपनामले चिनिने श्रेष्ठले पार्टी, समाजप्रति गरेको सेवा अनुकरणीय रहेको छ।

उनले कांग्रेसको केन्द्रिय कार्यालयका लागि रवी भवनमा तीनतले घरजग्गा पार्टीलाई दान, नारायणगढमा हाल सञ्चालनमा रहेको वालकुमारी कन्या स्कूललाई १०कठ्ठा जग्गा दान, भरतपुरमा मैयादेवी कन्याकलेज स्थापना, चितवन काँग्रेसकालागि नारायाणगढको मुटुमै भवन दान तथा विभिन्न संघ संस्थालाई करोडौँ आर्थिक सहयोग तथा जग्गा दान गरेकी छन्।

उनले भारतको दार्जलिङ्गदेखि शिक्षक ल्याएर चितवनमा पठन पाठको सुरुवात समेत गरेकी थिईन्। २०४८ सालमा गोरखाबाट निर्वाचित सांसद र पछि मनोनित राष्ट्रिय सभाको सांसद गरी लगातार १२ वर्षसम्म सांसद बनिन्।

चितवन कांग्रेसले शोकमा आज पार्टीका कुनैपनि चुनावी घरदैलो नगर्ने भएको छ। श्रेष्ठको पार्थीव शरिरलाई दिउसो १ बजे देवघाटमा अन्त्येष्टि गरिने जनाइएको छ। श्रेष्ठ मैयादेवी कन्या क्याम्पसको संरक्षक हुन्। श्रेष्ठले १ अर्ब बढी सहयोग गरिसकेकी छन्। उनको जन्म वि।स।१९८७ असोजको फूलपातीका तनहुँको वन्दिपुरमा भएको हो।



प्रतिक्रिया दिनुहोस्