Logo

तीन दशक प्रतिनिधित्व गरेका खनालको परीक्षा



इलाम, कात्तिक ६ । नेकपा (एकीकृत समाजवादी) नता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनाल इलामबाट संसदीय चुनावमा सातौंपटक प्रतिस्पर्धा गर्दैछन्। खनाल २०४८ सालदेखि अहिलेसम्म भएका निर्वाचनमा एकपटकबाहेक सधैं विजयी बनेका छन्। तर मंसिर ४ मा हुने प्रतिनिधिसधा सदस्यको निर्वाचनचाहिँ खनालका लागि अहिलेसम्मकै फरक अभ्यास हुने देखिएको छ।

मंसिर ४ मा हुने प्रत्यक्ष निर्वाचनमा ‘हेभिवेट’ खनाललाई अहिलेसम्मका चुनावका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसको पनि साथ छ। तर आफैंलाई ६ पटकसम्म चुनाव जिताएर सांसद, पटकपटक मन्त्री र प्रधानमन्त्रीसमेत बनाएको नेकपा एमाले भने अहिले खनालको मुख्य प्रतिस्पर्धी छ।

अहिलेसम्म खनाललाई सूर्य चिह्नमा मतदान गरेर जिताएका मतदाताले अब कलम चिह्नमा भोट हाल्नुपर्नेछ। ३१ वर्षयता निरन्तर सूर्य चिह्नमा भोट मागेर जितेका खनाललाई अबको चुनावमा भने हिजोसम्म रूखमा र गोलाकारभित्र हँसिया हथौडामा भोट हाल्नेहरूको भोटसमेत आफूतिरै तान्नुपर्ने बाध्यता छ। तीन दशक आफैंले प्रतिनिधित्व गरेको क्षेत्रमा खनालको पुनः परीक्षा हुँदैछ। नागरिक दैनिकबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot