Logo

गठबन्धन फकाउँदै, एमाले भने कठोर



काठमाडौं, कात्तिक ६ । सत्ता गठबन्धनका प्रमुख दल नेपाली कांग्रेस र नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्रं) बागी उम्मेदवारप्रति नरम देखिएका छन्। कांग्रेस र माओवादी केन्द्र सकेसम्म विश्वास दिलाएरै उम्मेदवारी निष्क्रिय पार्ने प्रयत्नमा छन्।

नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले भने बागी उम्मेदवारलाई विश्वासमा लिने प्रयत्न पनि गरेको छैन। बरु एमालेले अभिलेखबाटै बागी उम्मेदवार र तिनका प्रस्तावक तथा समर्थकको नाम हटाएर पार्टीबाटै निलम्बन गरेको छ।

नेपाली कांग्रेसले पार्टीका प्रभावशाली नेता नै बागी उम्मेदवार भएपछि निर्वाचन आयोगले दिएको समयसीमा गत असोज २६ गतेसम्म उम्मेदवारी फिर्ता लिन निर्देशन दिएको थियो। कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले पार्टी नेतृत्वको निर्देशनअनुसार असोज २७ गते विज्ञप्ति जारी गरी बागी उम्मेदवारलाई आफ्नो उम्मेदवारी निष्क्रिय गर्न आह्वान गर्नुभएको थियो। सबै उम्मेदवारले उम्मेदवारी निष्क्रिय गरेको जानकारीसहित असोज ३१ गतेसम्म पनि सार्वजनिक नगरेपछि कांग्रेसले पुनः कात्तिक ४ गतेसम्म उम्मेदवारी निष्क्रिय गर्न समय दिएको थियो। गोरखापत्र दैनिकबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot