Logo

काठमाडौंबाट धनगढी जाँदै गरेको बस दुर्घटना हुँदा २३ जना घाइते



काठमाडौं, कात्तिक ६ । काठमाडौंबाट धनगढी जाँदै गरेको बस पूर्वी नवलपरासीमा दुर्घटनामा परेको छ। ना७ख ४१५ नम्बरको बस गएराति पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिका ११ मा ब्रेक फेल भई दुर्घटनामा परेको हो ।

दुर्घटनामा बसमा सवार ५० जना मध्ये २३ जना घाइते भएका छन्। उनीहरुको मध्यविन्दु जिल्ला अस्पताल डण्डामा उपचार भइरहेको छ। बस चालक प्रहरी नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ।

गम्भीर घाइते पाँच जानाको भरतपुर अस्पतालमा उपचारका भइरहेको छ। अन्य सामान्य घाईतेहरुलाई उपचार पश्चात डिस्चार्ज भइसकेका छन् ।



प्रतिक्रिया दिनुहोस्