Logo

निर्वाचन सम्बन्धि उत्कृष्ट टिकटक बनाउनेलाई ५० हजार पुरस्कार



काठमाडौं, ६ कात्तिक । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि निर्वाचन प्रचारप्रसार, आचारसंहिता तथा निर्वाचन शिक्षासम्बन्धि उत्कृष्ट भिडियो बनाउनेलाई ५० हजार पुरस्कार दिइने भएको छ ।

निर्वाचन आयोगले १ मिनेटसम्मको निर्वाचन प्रयोजनका लागि उत्कृष्ट टिकटक बनाउनेलाई पुरस्कृत गर्ने भएको हो ।

सहभागी हुने चाहानेले २० सेकेण्डदेखि १ मिनेटसम्मको भिडियो बनाएर आयोगको इमेलमा कात्तिक ५ गतेदेखि १५ गतेभित्र पठाइसक्नु पर्नेछ । आयोगमा प्राप्त भएका पाँच उत्कृष्ट भिडियो बनाउने प्रत्येकलाई ५० हजार रुपैयाँ पुरस्कार र प्रशंसापत्र दिइने जनाइएको छ ।



प्रतिक्रिया दिनुहोस्