Logo

सुनसरी–१ मा आफ्नो जित सुनिश्चित् रहेको मनोज मेन्याङ्वाको दाबी (भिडिओसहित)



काठमाडौं, ६ कार्तिक । आगामी मंसिर ४ गते हुने निर्वाचनमा सुनसरी–१ बाट प्रतिनिधिसभाको लागि स्वतन्त्र उम्मेदवार मनोज कुमार मेन्याङ्वोको उम्मेदवारीले सो क्षेत्रका जनतामा खुशियाली छाएको छ ।

एमालेबाट विद्रोह गरेर मनोजले सो क्षेत्रमा स्वतन्त्र उम्मेदवारी दिएका हुन् । उनले एमाले अध्यक्ष केपी शर्मा ओलीले अहिले गरेको गठबन्धन अपवित्र भनेर संज्ञा दिए । उनले हिजो उपेन्द्र यादवले केपी ओलीलाई प्रतिगमनकारी भनेको तर त्यो कुरा बिर्सिएर ओलीले उनीहरुसँगै गठबन्धन गरेको भन्दै आक्रोश पोखे ।

धरानका नगरप्रमुख भएर काम गरिसकेका मेन्याङ्वो भने चुनाव जित्नेमा ढुक्क छन् । उनलाई सो क्षेत्रमा धरानको विकास गर्ने नेताको रुपमा चिनिन्छ । खरायो चुनाव चिन्ह लिएर चुनावी मैदानमा उत्रिएका मेन्याङ्वो घरदैलो र भेटघाटमा व्यस्त छन् । उनले आफूले जीवनमा जनतामा झुटा वाचा नगरेको र बोलेको कुरा पूरा गरेर छाडेको भन्दै सो क्षेत्रको विकासको लागि आफूले ठूलो योगदान पुर्याउने विश्वास दिलाए ।



प्रतिक्रिया दिनुहोस्