Logo

कार्यकाल सुरु गरेका अमेरिकी राजदूत थम्प्सनको भिडिओ सन्देश सार्वजनिक (भिडिओसहित)



काठमाडौं, ६ कार्तिक । नेपालका लागि नवनियुक्त अमेरिकी राजदूत डिन आर. थम्प्सनले आफ्नो कार्यकाल सुरु गरेसँगै भिडिओ सन्देश जारी गरेका छन् । उनले आफूलाई बाहिर घुम्न, गल्फ खेल्न, साइकल यात्रा गर्न असाध्यै सोख रहेको उल्लेख गरेका छन् । यसको साथै, नेपालका केही उत्कृष्ट मार्गहरुमा पनि घुम्न जान उत्सुक रहेको कुरा उनले सन्देशमार्फत जनाएका छन् ।

दूतावासको फेशबुक पेजमा राजदूतको भनाई समावेश गरिएको छ,‘मैले नेपालको बारेमा सुन्दा सदैव सांस्कृतिक सम्पदा र जातीय विविधताका साथसाथै अत्यन्तै रमणीय प्राकृतिक सम्पदाहरूले भरिपूर्ण एक स्थानको रूपमा पाउने गरेको थिएँ। मलाई बाहिर घुम्न, गल्फ खेल्न, साइकल यात्रा गर्न असाध्यै सोख छ, र म नेपालका केही उत्कृष्ट मार्गहरूमा घुम्न जान उत्सुक छु।’



प्रतिक्रिया दिनुहोस्

Screenshot