एजेन्सी, ६ कात्तिक । बलिउड अभिनेत्री मलाइका अरोराले आज २३ अक्टोबरमा आफ्नो ४९औं जन्मदिन मनाइरहेकी छिन् । सामाजिक सञ्जालमा मानिसहरुले उनलाई जन्मदिनको शुभकामना दिइरहेका छन् ।
यसैबीच मलाइकाका प्रेमी अर्जुन कपूरले उनलाई जन्मदिनको विशेष शुभकामना दिएका छन् । अभिनेताले सामाजिक सञ्जालमा आफ्नी प्रेमिका मलाइकासँग निकै सुन्दर पोस्ट सेयर गरेका छन्, जसमा जोडी निकै सुन्दर देखिन्छन् । तस्बिरमा अर्जुन रोमान्टिक शैलीमा उनको तारिफ गरिरहेका छन् । मलाइका–अर्जुनको यो तस्बिर सामाजिक सञ्जालमा चर्चामा छ ।
हिजो राती अर्जुनले आफ्नो इन्स्टाग्राम अकाउन्टमा मलाइकालाई १२ बजेको शुभकामना दिँदै लेखेका थिए– ‘ह्याप्पी बर्थडे बेबी, तिमी जस्तो छौ, सधैं त्यस्तै रहिरहोस।’ मलाइकाले पनि अर्जुनको पोस्टमा प्रतिक्रिया दिएकी छिन् । आफ्नो इन्स्टाग्राम स्टोरीमा पोस्ट सेयर गर्दै अभिनेत्रीले लेखेकी छिन्– ‘म तिम्रो मात्र हुँ ।’ तस्बिरमा अभिनेत्री सुनौलो रंगको पोशाकमा देखिएकी छिन्, जसमा उनी निकै स्टाइलिस देखिन्छिन् । यसै क्रममा अर्जुन कपुरले उनीसँग निकै रोमान्टिक स्टाइलमा पोज दिइरहेका छन् ।
यस पोस्टमा धेरै बी–टाउन सेलिब्रेटीहरूले अर्जुनलाई शुभकामना दिए । अभिनेत्री तारा सुतारियाले यो जोडीको पोस्टमा हार्ट इमोजी पोस्ट गरेकी छिन् । निर्देशक अर्जुन कपूरले पनि मलाइकालाई शुभकामना दिँदै लेखेका छन– ’ह्याप्पी बर्थडे मल्ला ।’ यस बाहेक धेरै सेलिब्रेटीले मलाइकालाई जन्मदिनको शुभकामना पनि दिएका छन् । सेलेब्स बाहेक मलाइकाका फ्यानहरुले पनि उनलाई जन्मदिनको शुभकामना दिएका छन् ।
मलाइका र अर्जुनले सन् २०१९ मा आफ्नो सम्बन्धलाई अफिसियल गरेका थिए । त्यसयता उनी हरेक अन्तर्वार्तामा आफ्नो सम्बन्धको बारेमा खुलेर कुरा गर्छिन् । धेरै पटक मिडियामा यी दुबैको विवाहको खबर पनि आएको थियो तर अहिलेसम्म यो जोडीले विवाहको पुष्टि गरेका छैनन् । जब यो जोडीले आफ्नो सम्बन्धलाई आधिकारिक बनायो, उनीहरूलाई ट्रोलिङको सामना गर्नुप¥यो, तर समयसँगै मलाइका–अर्जुनले सबैलाई गलत साबित गरे।