Logo

सातै प्रदेशमा सुरक्षा गोष्ठी, बाग्मतीमा आज हुँदै



काठमाडौं, ६ कात्तिक । निर्वाचनअघि सातै प्रदेशमा प्रदेशस्तरीय सुरक्षा गोष्ठीको आयोजना गरिने भएको छ । निर्वाचनलाई सुरक्षित, भयरहित र निष्पक्ष बनाउन केन्द्रीय सुरक्षा समितिले गोष्ठीको आयोजना गरेको हो ।

बाग्मती प्रदेशस्तरीय सुरक्षा गोष्ठी आज सशस्त्र प्रहरी बल मुख्यालयमा हुँदै छ । आसन्न मंसिरमा हुने निर्वाचनका लागि १ लाख १५ हजार म्यादी प्रहरीसहित करिब ३ लाख सुरक्षाकर्मी खटिनेछन् । त्यस्तै, सेना, प्रहरी, राष्ट्रिय अनुसन्धान विभागका कर्मचारी, सशस्त्र पनि परिचालन हुने जनाइएको छ ।

सेना र सशस्त्रलाई बाहिरी सुरक्षा तथा प्रहरी र म्यादीलाई मतदानस्थल र मतदान केन्द्रको सुरक्षामा खटाउने तयारी गरिएको छ । ३ हजार ८० मतदानस्थल मध्ये अतिसंवेदनसिल, ४ हजार ४ सय २० संवेदनसिल र ३ हजार ३ सय ९१ कम संवेदनशील सूचीमा समेटिएको गृहमन्त्रालयले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot