Logo

अन्तर्राष्ट्रिय मिडिया गुहार्दै निहारिका नयाँ दिल्ली पुगिन्



काठमाडौं, ६ कात्तिक । कुमारी आमा निहारीका राजपुत अन्तराष्ट्रिय मिडिया खोज्दै भारतको नयाँ दिल्ली पुगेकी छन् । उनी बिनु यादवको साथमा दिल्ली पुगेको फेसबुक लाइभ मार्फत बताएकी हुन् ।

यादव पनि घरेलु हिंसा पीडित हुन् । निहारिकाले आफ्नो बच्चा र आरोपीको डिएनए टेस्ट गरेको दुई महिना भइसक्दा पनि रिपोट सार्वजनिक नगरिएको गुनासो गरेकी छिन् । आरोपीलाई सजायबाट जोगाउन खोजिएको उनको आरोप छ ।

निहारीकाले भारतीय टेलिभिजन च्यानलका पत्रकारहरुसँग आफ्नो मुद्दा बारे जानकारी गराएको बताएकी छिन् । यसको बारेमा आज तक, एबीपीन्युज, न्युज २४ लगायतलाई आफ्नो मुद्दाको बारेमा जानकारी दिएको र उनीहरुले आफ्नो बारेमा केही दिनपछि प्रतिक्रिया दिने बताइन् । नेपाली सञ्चारमाध्यमले साथ दिएपनि सरकारले गम्भिर रुपमा नलिएपछि अन्तर्राष्ट्रिय मिडिया गुहार्न बाध्य भएको दिल्ली पुगेर निहारीकाले बताइन् ।

बच्चा र आरोपीको डिएनए जाँच गराउन माग गर्दै गत साउनमा आमरण अनशन बसेकी उनले गृहमन्त्रालयसँगको सहमतिपछि अनसन तोडेकी थिइन् । उनले राष्ट्रपति कार्यालय अगाडी आफ्नो शरीरमा पेट्रोल लगाएर आगो लगाउने प्रयास पनि गरेकी थिइन् ।



प्रतिक्रिया दिनुहोस्