Logo

किशोरी बलात्कार गर्ने गार्ड पक्राउ



झापा, ६ कात्तिक । १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक पुरुष पक्राउ परेका छन् । जबरजस्ती करणी गरेको अभियोगमा मेचीनगर नगरपालिका–७ घर भएका सोही ठाउँस्थि टि गार्डेनको गार्डको रुपमा काम गर्ने ५४ वर्षीय नन्द प्रसाद पौडेललाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

पौडेलले ती किशोरीलाई गार्ड सुत्ने कोठामा लागेर जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय काकरभिट्टाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot