Logo

इटालीका नवनियुक्त प्रधानमन्त्री मेलोनीद्धारा एकतामा जोड



रोम, ७ कात्तिक (रासस/सिन्ह्व) : इटालीका नवनियुक्त प्रधानमन्त्री जर्जिया मेलोनीले देशमा एकताका लागि सबै राजनीतिक दल तथा सबै पक्षलाई आह्वान गरेकी छिन् । देशमा राजनीतिकलगायतका समस्याहरु उत्पन्न भइरहेका बेला उनले नयाँ प्रधानमन्त्रीको सपथ लिएसँगै सो आग्रह गरेकी हुन ।

उनले शनिबार इटालीको प्रधानमन्त्रीका रुपमा सपथ लिएकी थिइन् । उनलाई यहाँका पूर्व प्रधानमन्त्री मारियो द्रागीले एक समारोहका बीच पद हस्तान्तरण गरेकी थिइन् । सन् २०२१ को जनवरीदेखि द्रागी प्रधानमन्त्रीमा नियुक्त भएका थिए । उन ित्यसअघि गभर्नर थिए । उनी केही समयदेखि काम चलाउ प्रधानमन्त्रीका रुपमा रहेका थिए ।

मेलोनीको प्रजातान्त्रिक दलले हालै सम्पन्न भएको संसदीय निर्वाचनमा २६ प्रतिशतमात्र मत प्राप्त गरेको थियो । तर पनि उनलाई प्रधानमन्त्रीका रुपमा नियुक्त गरेर नयाँ सरकार गठन गर्न पूर्व प्रधानमन्त्री दाग्रीले आग्रह गरेकी हुन् ।

उनी हाल आफ्ना पार्टीका मात्र सदस्य समेटेर सानो सरकार बनाउनुभएको छ र अरु राजनीतिक दलहरुलाई पनि सरकारमा समावेश हुन आग्रह गरेकी छिन् । उनले आइतबार टेलिभिजनमार्फत् देशवासीका नाममा सम्बोधन गर्दै देशमा कैयौँ राजनीतिक समस्याहरु रहेकाले तिनको समाधानका लागि सबै राजनीतिक दल मिलेर सरकार निर्माण गर्नुपर्ने धारणा राखे । Photo Source: Reuters



प्रतिक्रिया दिनुहोस्