
काठमाडौं, ७ कार्तिक । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले एमाले अध्यक्ष केपी शर्मा ओलीको आलाचेना गरेका छन् । उनले ओलीले अहिलेसम्मका उपलब्धि उल्टाउन खोजेको गम्भीर आरोप पनि लगाए । आज (सोमबार) वागमती प्रदेशस्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेता पौडेलले यस्तो बताएका हुन् ।
उनले सरकारको नेतृत्वमा रहँदा एमाले अध्यक्ष ओलीले बलिदानपूर्ण संघर्षबाट ल्याएको उपलब्धि र परिवर्तनमाथि पटक पटक प्रहार गरेको आरोप लगाए ।
उनले भने,‘अहिले त रक्षक नै भक्षक भए। उपलब्धिलाई माटोमै मिलाउने प्रयास भयो । त्यसविरुद्ध हामीले संयुक्त आवाज उठाएर गठबन्धन गरेका छौँ । एमालेले गरेको गठबन्धन दलका अनुहार हेर्नुस् । हाम्रो गठबन्धनलाई हेर्नुस् । त्यहीँबाट सबै प्रष्ट हुन सकिन्छ । गठबन्धन सत्ताको लागि मात्रै होइन । जनताबाट प्राप्त अधिकार रक्षाका लागि हामीले गठबन्धन गरेका छौँ ।’ Photo By: Mukunda Kalikote/ReportersNepal