Logo

केपी ओली गणतन्त्र उल्टाउन लागिपरेको प्रचण्डको आरोप (भिडिओसहित)



काठमाडौं, ७ कार्तिक । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एमाले अध्यक्ष केपी शर्मा ओली गणतन्त्र उल्टाउने कसरतमा लागेको गम्भीर आरोप लगाएका छन् । उनले आगामी निर्वाचनलाई अग्रमन र प्रतिगमनबीचको लडाईको संज्ञासमेत दिएका छन् । आज (सोमबार) काठमाडौंमा आयोजित सत्ता गठबन्धनको बाग्मती प्रदेशको संयुक्त भेलालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

सो क्रममा उनले ओलीले गरेको संसद् विघटनको घट्नालाई पनि स्मरण गराएका थिए । उनले ओलीको असंवैधानिक कदमविरुद्ध आफूहरु एकजुट नभएको भए परिवर्तन नै गुम्ने खतरा रहेको थियो भन्ने भनाई राखे । उनले थपे,‘हामीहरु एकजुट नभएको भए देश दुर्घटनामा जाने निश्चित थियो । त्यसैले हामी प्रतिगमनलाई परास्त गर्न एकजुट भएका हौं । त्यसैले मंसिर ४ को निर्वाचनलाई सामान्य रुपमा नलिनुहोला । अहिले दुई प्रवृत्तिका शक्तिबीच राजनीतिक मुठभेड हुँदैछ ।’

तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम 

https://www.facebook.com/prachanda.nepal/videos/835859934080344

 



प्रतिक्रिया दिनुहोस्