काठमाडौं, ८ कार्तिक । नेपालका लागि चिनियाँ राजदूत होउ यान्छी आफ्नो चार वर्षे कार्यकाल सम्पन्न गरेर स्वदेश फर्किएकी छिन् । स्वदेश फिर्ता हुनुअघि राजदूत यान्छीले नेपालमा रहँदा गाँसिएको गहिरो मित्रताको आफूले सधैं कदर गर्ने विश्वास दिलाएकी छिन् ।
उनले सामाजिक सञ्जाल टिवट्टरमा भनेकी छिन्‘कार्यकाल पूरा गरेर म मैत्रीपूर्ण र सुन्दर छिमेकी नेपाल छाडेर जाँदैछु। सम्पुर्ण नेपाली मित्रहरूमा हार्दिक धन्यवाद ज्ञापन गर्न चाहन्छु१ नेपालमा रहँदा जीवनका सबै क्षेत्रका साथीहरूसँग गाँसिएको गहिरो मित्रताको म सधैं कदर गर्नेछु ।’
Completed my tenure, I’m going to leave friendly and beautiful neighboring Nepal. I would like to extend my most sincere thanks to all Nepali friends! I will always cherish the profound friendship I forged with friends from all walks of life during my stay in Nepal. pic.twitter.com/23MkVzypMc
— Ambassador Hou Yanqi (@PRCAmbNepal) October 25, 2022