Logo

चेल्सीद्वारा साल्जवर्ग २–१ ले पराजीत



काठमाडौं, कार्तिक ९ । युएफा च्याम्पियन्स लिग फुटबलमा चेल्सी, पिएसजी, बोरुसिया डर्टमण्ड र बेन्फिका नक आउट चरणमा पुगेका छन् । गएराति भएको समुह ‘ई’ को खेलमा इंग्लीश क्लब चेल्सीले अष्ट्रियाको साल्जवर्गलाई २–१ ले हरायो ।

यही समुहको अर्को खेलमा इटालीको एसी मिलानले क्रोएसियाको डिनामो जाग्रेबलाई ४–० ले पाखा लगायो । यो समुहमा ५ खेलबाट १० अंक जोडेको चेल्सी नक आउट चरणमा पुग्न सफल भयो । ७ अंक जोडेको मिलान र ६ अंक जोडेको साल्ज्वर्गमध्ये एक टोली अन्तिम खेलपछि नक आउट चरणमा पुग्नेछन् ।

उता समुह ‘एफ’मा स्पेनको रियाल मड्रिडलाई जर्मनीको आर।बी लेप्जीगले ३–२ ले हराउँदा स्कटल्याण्डको सेल्टीक र युक्रेनको शख्तर डोनेत्स्कले १–१ गोलको बराबरी खेलेका छन् । यो समुहबाट रियाल मड्रिड यसअघि नैं नक आउट चरणमा पुगिसकेको छ ।

समुह ‘जि’ बाट म्यान्चेस्टर सिटी र बोरुसिया डर्टमण्डले राउण्ड अफ सिक्सटिनमा ठाउँ बनाएका छन् । गएरातिको खेलमा यी दुई टोलीले गोलरहित बारबरी खेल्दा समुहको अर्को खेलमा स्पेनको सेभियाले डेनमार्कको एफ।सी कोपनहेगनलाई ३–० ले पराजित गर्‍यो ।

यसैगरि समुह ‘एच’ मा इजरेलको मकाबी हाइफालाई ७–२ ले हराउँदै फ्रान्सको पेरिस सेन्ट जमेर्न तथा इटालीको युभेन्टसलाई ४–३ ले पराजित गर्दै पोर्चुगलको बेन्फिका पनि नक आउट चरणमा उक्लिएका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot