Logo

सत्ता गठबन्धनले रुपन्देही क्षेत्र नम्बर २ मा केशबहादुरलाई समर्थन गर्ने



काठमाडौं, ९ कार्तिक । सत्ता गठबन्धनले रुपन्देही क्षेत्र नम्बर २ मा जनमुक्ति पार्टीका उम्मेदवार केशवबहादुर थापा मगरलाई समर्थन गरेको छ ।

यसअघि माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) बाट साझा उम्मेदवार बनेका राजु गुरुङको उम्मेदवारी खारेजी भएपछि गठबन्धनले थापा मगरलाई समर्थन गर्ने निर्णय गरेको छ ।

गठबन्धनमा आवद्ध दलका शीर्ष नेताहरुले आज (बुधवार) संयुक्त वक्तव्य जारी गर्दै यस्तो जनाएका हुन् । सो क्षेत्रमा नेकपा (एमाले) का उपाध्यक्ष विष्णु पौडेल उम्मेदवार छन् ।



प्रतिक्रिया दिनुहोस्