Logo

लौरो लिएर प्रचारप्रसारमा दृष्टिविहीन उम्मेदवार



काठमाडौं, १० कात्तिक । २०६२-६३ को जनआन्दोलनताका सशस्त्र प्रहरीले गरेको कुटपिटबाट दृष्टि गुमाए, यदुनाथ सिग्देलले । त्यतिबेला उनी अनेरास्ववियुको गैंडाकोट इन्चार्ज थिए । तर उनले पार्टीको राजनीतिमा कुनै भूमिका वा सम्मान पाएनन् । राजनीति विकृत हुँदै बरु अनेक थरी गठबन्धन बनृ । र त्यसबाट वाक्क भएर उनले नवलपुर २ (ख) बाट हाम्रो नेपाली पार्टीका तर्फबाट प्रदेशसभामा उम्मेदवारी दिएका छन् ।
नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै सिग्देलले भने, ‘मेरो उम्मेदवारी विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हो, सुशासन, समृद्धि र विकासका लागि हो ।’
अपांगता व्यक्तिका लागि शिक्षा, स्वास्थय र रोजगारीमा समस्या रहेको औंल्याउँदै उनले दृष्टिविहीनलाई कसैले पनि महत्त्व नदिएको आरोप लगाए । सिग्देलले थपे, ‘म महल बनाउने, गाडी चढ्ने, मोज गर्ने हिसाबले प्रदेशसभामा जान लागेको होइन । ७० लाख युवालाई विदेश पठाउने अनि उनीहरुको रेमिटेन्सले देश चलाउनेलाई खबरदारी गर्नका लागि हो ।] उनले आफू पैसा, धाकधम्कीबाट नडराएको पनि बताए ।
समाजशास्त्रमा एमए गरेका सिग्देलले स्वतन्त्र लौरो अभियानलाई सबैको आशीर्वाद रहेको सुनाए । उनले भने, ‘प्रदेश खमा २१ वडामा छन् । त्यहाँका ३ हजारभन्दा बढी अपांगता भएका व्यक्तिका परिवारले मात्र भोट हाले पनि म जित्छु ।’

 



प्रतिक्रिया दिनुहोस्