Logo

रानीपोखरीको बालगोपालेश्वर मन्दिरमा भाइटीका ग्रहण गर्नेको भिड (फोटोफिचर)



काठमाडौं, १० कार्तिक । आज भाइटीकाका अवसरमा रानीपोखरी बीचमा रहेको बालगोपालेश्वर मन्दिरमा भक्तजनको भिड लागेको छ । प्रत्येक वर्ष कात्तिक शुक्ल द्वितीया अर्थात् भाइटीकाका दिन मात्र खुला हुने यो मन्दिरमा बिहानैदेखि भाइटीका मनाउने भक्तजनको भिड लागेको हो ।

भाइटिकाको अवसरमा दाजुभाइ नहुने दिदीबहिनी र दिदीबहिनी नहुने दाजुभाइ रानीपोखरीबीचको बालगोपालेश्वर मन्दिरमा आई पूजा आराधना गरेर टीका लगाउने गर्छन् ।

रानीपोखरी क्षेत्रमा विसं २०६३ पछि छठ पर्व पनि मनाउने गरिएको थियो । विसं २०७२ वैशाख १२ गतेको भूकम्पका कारण त्यसै वर्षको तिहारदेखि भने छठ मनाउन बन्द गरिएको थियो । तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्