Logo

पत्रकार पाण्डेको निधन



काठमाडौं, कात्तिक ११ ।  नेपाल पत्रकार महासङ्घ मकवानपुरका पूर्वअध्यक्ष एवं वरिष्ठ पत्रकार कौशल पाण्डेको बिहीबार निधन भएको छ। उनको ७५ वर्षको उमेरमा हेटौँडा उपमहानगरपालिका–४ कमलडाँडास्थित आफ्नै निवासमा निधन भएको हो।

लामो समयदेखि क्यान्सर रोगबाट पीडित पाण्डेको केही सातादेखि स्वास्थ्य अवस्था जटिल बन्दै गएको थियो। मकवानपुरे पत्रकारिताका संस्थापकमध्येका एक पाण्डेको निधनले पत्रकारिता क्षेत्रमा अपुरणीय क्षति पुुगेको नेपाल पत्रकार महासङ्घ मकवानपुर र पत्रकारिता क्षेत्रसँग सम्बन्धित संस्था तथा सङ्गठनले शोक वक्तव्य जारी गरेका छन्।

पाण्डेले लामो समय शिक्षण पेशामा पनि योगदान दिएका छन्। उनी क्रान्तिकारी पत्रकार सङ्घ मकवानपुरको संस्थापक अध्यक्ष, प्रेस सेन्टर नेपालको केन्द्रीय सल्लाहकार, श्यामप्रसाद शर्मा स्मृति प्रतिष्ठान मकवानपुरको अध्यक्षलगायत विभिन्न सङ्घसंस्थाको नेतृत्वमा रहेका थिए। उनकै प्रकाशन सम्पादनमा मकवानपुरको पुरानो ‘प्रयास अर्धसाप्ताहिक’ प्रकाशन हुँदै आएको छ। पाण्डेको आज राप्ती तटमा दाहसंस्कार गरिँदैछ।



प्रतिक्रिया दिनुहोस्

Screenshot