Logo

२८ वर्ष कांग्रेसको राजनीति गरेका नेता साह जसपा प्रवेश



काठमाडौं, कात्तिक ११ । विगत २८ वर्षदेखि नेपाली कांग्रेसको सकृय राजनीति गर्दै वीरगञ्ज महानगरपालिका वडा नम्बर १२ का प्रमोद प्रसाद साह जसपामा प्रवेश गरेका छन्।

पर्सा क्षेत्र नम्बर १ का प्रतिनिधीसभा सदस्य उम्मेदवार एवं पूर्वमन्त्री प्रदीप यादवको पहलमा साह कांग्रेस छाडेर जसपामा प्रवेश गरेका हुन्।

कांग्रेसका कृयाशील सदस्य समेत रहेका साह, बिहीबार जसपामा प्रवेश गरेका हुन्। बिहीबार एक अनौपचारिक कार्यक्रममा पूर्वमन्त्री यादवले साहलाई गम्छा ओढाएर पार्टीमा स्वागत गरे।

कांग्रेस विपीको सिद्धान्त र विचारबाट विचलित भएको तथा कांग्रेसका नेताहरु पनि पार्टीको नीति, विचार र सिद्धान्त बिर्सिएर व्याक्तिगत स्वार्थमा लिप्त भएकाले त्यस्तो पार्टीमा बस्न नसक्ने ठहर गर्दै आफूले कांग्रेस परित्याग गरेको साहले बताए।

अहिलेको परिवेशमा मधेस र मधेसीको हकहितमा लड्ने एक मात्र पार्टी जसपा नै भएकोले आफूले जसपा रोजेको उनले बताए।



प्रतिक्रिया दिनुहोस्