काठमाडौं, १२ कार्तिक । नेपाली कांग्रेसका प्रभावशाली नेता एवम् आगामी निर्वाचनमा ओखलढुंगाबाट प्रतिनिधिसभाका लागि उम्मेदवार रामहरि खतिवडाको चुनावी अभियानमा जनसागर उर्लिएको छ । सत्ता गठबन्धनको साझा उम्मेदवार रहेका खतिवडा जनताको सुख दुःखमा साथ दिने नेताको रुपमा परिचित छन् ।
ओखलढुंगाको विकासको लागि मरिहत्ते गर्ने नेताको छवि बनाएका खतिवडालाई यसपटकको निर्वाचनमा सो क्षेत्रका जनताले भारी मतले जिताएर पठाउनेमा आफूहरु आशावादी रहेको ओखलढुंगाका गठबन्धनका नेताहरुको दाबी छ ।
सांसद नहुँदा पनि ओखलढुंगाको एम्बुलेन्स बनेर काम गरेको छुः रामहरि खतिवडा
रामहरि खतिवडाको मोटरसाइकलमा किशुनजी चढेको त्यो दिन
खतिवडाले संविधानसभाको सदस्यको रुपमा काम गर्नुको साथ संसद् नहुँदा पनि ओखलढुंगाको समग्र विकासमा ठूलो योगदान पुर्याएका छन् । खतिवडा कांग्रेसका संस्थापकमध्येका एक कृष्णप्रसाद भट्टराईको छत्रछायाँ हुर्किएर कांग्रेसको राजनीतिमा सक्रिय भएका हुन् ।
https://www.facebook.com/100009757205489/videos/pcb.2001505840184637/1466345493776487