Logo

भक्तपुरमा विभिन्न पार्टी परित्याग गरी १५० बढि नेता तथा कार्यकर्ता एमाले प्रवेश, बस्नेतले गरे स्वागत (भिडिओसहित)



काठमाडौं, १२ कार्तिक । भक्तपुरमा विभिन्न पार्टी परित्याग गरी १५० भन्दा बढि नेता तथा कार्यकर्ताहरु एमालेमा प्रवेश गरेका छन् । आज (शनिबार) एक कार्यक्रमको आयोजना गरेर एमाले पोलिटब्यूरो सदस्य तथा आगामी निर्वाचनमा भक्तपुर–२ बाट प्रतिनिधिसभाका उम्मेदवार महेश बस्नेतले नवप्रवेशीहरुलाई पार्टीमा स्वागत गरेका हुन् ।

यसरी एमाले प्रवेश गर्नेहरुमा नेपाली काग्रेसका पूर्व महाधिबेसन प्रतिनिधि प्रकाश ढकाल, २०७०मा संविधान सभा क्षेत्र नं २ का उमेदवार सुनिल तज, माओवादी केन्द्रका दिपक महत, विपी काङ्ग्रेसका जिल्ला अध्यक्ष डा. रुपेश गाइजु, किसान त्वती लगायत १५० जना भन्दा बढि नेता तथा कार्यकर्ताहरु रहेका छन् ।

बस्नेतले आफ्नो दल देशको विकास र समृद्धिको लागि विशेष संकल्प लिएर अघि बढेको बताए । उनले संघीय लोकतन्त्रलाई बलियो बनाउने कुरामा आफूहरु प्रतिबद्ध रहेको सुनाए । उनले न्यायालयमा सेटिङमार्फत गलत हर्कत भैरहेको उल्लेख गर्दै यी सबै बेथिति ठिक पार्ने विश्वास दिलाए । युवाहरुको सिप तथा ज्ञानलाई अधिकतम प्रयोग गर्ने पनि उनको भनाई छ । उनले अहिलेको पाँच दलीय गठबन्धनलाई राष्ट्रघातीको संज्ञा दिए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot