Logo

‘मिथ्या सूचना, दुष्प्रचार र द्धेषपूर्ण अभिव्यक्तिप्रति शुन्य सहनशीलता राखौँ’



काठमाडौँ, १२ कात्तिक । आसन्न मंसिर ४ गते हुने निर्वाचनमा मिथ्या सूचना, दुष्प्रचार र द्धेषपूर्ण अभिव्यक्तिप्रति निर्वाचन आयोगले शुन्य सहनशीलता राख्न अनुरोध गरेको छ ।

आयोगले मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य निर्वाचनका लागि जारी निर्वाचन आचारसंहिता,२०७९ बमोजिम सूचना,दुष्प्रचार र द्धेषपुर्ण अभिव्यक्तिको नियमनको बारेमा अभिव्यक्ति स्वतन्त्रताको हनन् भएको भन्ने सम्बन्धमा ध्यानाकर्षण भएको जनाएको छ ।

आयोगले मिथ्या सूचना, दुष्प्रचार र द्धेषपूर्ण अभिव्यक्तिको नियमन गरी मतदाताको निर्वाचन, राजनीतिक दल र उम्मेदवारको बारेमा सत्यतथ्य जान्न पाउने अधिकारको प्रत्याभुत गर्न कुनै कसुर बाँकी नराख्ने समेत स्पष्ट पारेको छ ।

सरोकारवाला सबैसँग निर्वाचनको निष्ठालाई जोगाउन सहकार्य र सहयोगका लागि आयोगले आह्वान गरेको छ । आयोगका कामहरुलाई गतल अर्थमा नबुझी, लोकतन्त्र, निर्वाचन, आचारसंहिता र सुसुचित मतदाताको अन्तरसम्बन्धलाई मनन् गर्न आयोगले आग्रह गरेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot