Logo

प्रसन्न झाको घरदैलो आक्रामक, दलित नेता अनिल पासमान जनमत पार्टीमा प्रवेश



काठमाडौं, १२ कार्तिक । जनमत पार्टीबाट धनुषा ३ (क) को प्रदेशसभा सदस्य पदमा उम्मेदवारी दिएका डा. प्रसन्नकुमार झाले घरदैलो कार्यक्रमलाई तिव्रता दिएका छन् । झाले चुनावी घरदैलोको साथै शुभकामना आदान प्रदान कार्यक्रमलाई निरन्तरता दिएका छन् । दिपावली तथा छठ पर्वको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रमका लागि उम्मेदवार झा शनिवार जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर २० पुगेका थिए ।

जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर २०स्थित उम्मेदवार झाको अगुवाईमा आयोजित शुभकामना आदान प्रदान कार्यक्रममा दर्जनौ नेता कार्यकर्ता जनमत पार्टीमा प्रवेश गरेका छन् । दलित नेता अनिल पासमानको नेतृत्वमा प्रवेश गरेका नेता कार्यकर्ताहरुलाई उम्मेदवार झाले पार्टीमा स्वागत गरेका थिए ।

यता उम्मेदवार झाले शनिबार नै मुखियापट्टी मुसहरनिया गाउँपालिका वडा नम्बर ६मा समेत शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेका हुन् । सो कार्यक्रममा उम्मेदवार झाले जनमत पार्टीको पक्षमा मत दिन मतदातासंग आग्रह गरेका थिए ।

https://www.facebook.com/100086759860382/videos/773640060401960

सो क्षेत्रको शिक्षा, स्वास्थ्यलगायतका क्षेत्रमा सुधार ल्याउनको लागि आफू चुनावी मैदानमा उत्रिएको बताउने झाले आफ्नो चुनावी एजेण्डामा पनि यही विषयलाई प्राथमिकताका साथ उठाएका छन् ।



प्रतिक्रिया दिनुहोस्