Logo

निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्चमा रिट दिँदै डा.तोसिमा कार्की



काठमाडौं, १३ कात्तिक । राष्ट्रिय स्वतन्त्र पार्टीबाट ललितपुर क्षेत्र नम्बर ३ बाट उम्मेदवारी दिएकी डा.तोसिमा कार्की निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च अदालत जाने भएकी छिन् ।

आगामी मंसिर ४ गते हुने निर्वाचनमा प्रतिनिधि सभा सदस्यको लागि कार्कीले दिएको उम्मेदवारी आयोगले खारेज गरिदिएपछि उनी आयोगको निर्णय विरुद्ध रिट दिन अदालत जान लागेकी हुन् ।

शनिबार आयोगले कार्की उम्मेदवार हुन अयोग्य रहेको विज्ञप्ती जारी गरेको थियो । कार्की नेपाल मेडिकल काउन्सिलकी निर्वाचित सदस्य हुन् ।

उनले काउन्सिलको बैठकमा भत्ता बुझेको आयोगको भनाइ छ । तर कार्कीले भने काउन्सिलमा निश्चित तलब नहुने, बैठकमा भत्ता मात्रै पाउने र काउन्सिलको सदस्य लाभको पद नहुने बताउँदै आएकी थिइन् ।



प्रतिक्रिया दिनुहोस्