Logo

विनय रावलले “ए दोस्ती हम नहीँ तोडेंगे” गीत गाउँदै भोट माग्दा बर्दियाली जनता भावुक



काठमाडौं, १३ कार्तिक । राप्रपाका युवा नेता तथा बर्दिया–२ बाट प्रतिनिधिसभाका उम्मेदवार विनय रावलको चुनावी प्रचारप्रसार आक्रामक बनेको छ । रावल अस्वस्थताका बावजुदपनि घरदैलोमा व्यस्त छन् । उनको खुट्टामा समस्या छ । अहिलेपनि उनी ब्याण्डेजसहित प्रचारप्रसारमा खटिने गरेका छन् । तर, बर्दियाप्रति उनको लगाव अचम्मको छ । कतिसम्म भने उनी चुनाव जित्नभन्दापनि सो क्षेत्रका जनताको मन जित्न चुनावी मैदानमा उत्रिएको बताउँछन् ।

हुनपनि रावलले बर्दियाको समग्र विकासमा सुरुदेखि नै टेवा पुरयाउँदै आएका छन् । बर्दियाको संस्कृतिबाट प्रभावित रावल त्यसको संरक्षण एवम् प्रर्वद्धनमा अहोरात्र खटिँदै आएका छन् । उनी बर्दियामा पर्यटनको धेरै राम्रो सम्भावना देख्छन् । त्यसको लागि उनले सोहीअनुसारको कार्यक्रम पनि बनाएका छन् ।

चुनाव नजिकिँदै जाँदा रावलको प्रचारको शैलीपनि फेरिन थालेको छ । उनी तडकभडक भन्दापनि जनताको घरदैलोमा पुग्ने र उनीहरुको पिर तथा मर्का बुझ्ने कुरामा व्यस्त देखिन्छन् । आज भने उनले फरक शैलीको प्रचार अपनाए । उनले बलिउडका बादशाह गायक किशोर कुमारको आवाजमा रहेको ‘ए दोस्ती हम नहीँ तोडेंगे’ बोलको गीत गाएर जनतासँग मत मागेका छन् ।

उनले जनतासँगको आफ्नो दोस्ती कहिल्यैपनि नतोड्ने वाचा गरेका छन् । आफू बाँचुञ्जेल बर्दियाली जनतासँगको साईनो अमर रहने र नुट्टने प्रतिज्ञा गरेका छन् । रावलले गीतमार्फत दोस्ती नटुट्ने बताउँदै गर्दा उपस्थित् जनता भावुक बनेका थिए ।

https://www.facebook.com/sajhapage24/videos/1004883084239428



प्रतिक्रिया दिनुहोस्