Logo

कियारा–सिद्धार्थले डिसेम्बरमा विवाह गर्दै, मुम्बईमा रिसेप्शन पार्टी गर्ने



एजेन्सी, १३ कात्तिक । बलिउड कलाकार सिद्धार्थ मल्होत्रा र कियारा आडवाणी प्रायः आफ्नो सम्बन्धका कारण चर्चामा आउने गर्छन् । हालै दुवैले छिट्टै विवाह गर्ने खबर बाहिरिएको थियो । यसैबीच, दुवैको विवाहसँग सम्बन्धित अर्को अपडेट बाहिर आएको छ, जसमा यो जोडी डिसेम्बरमा विवाह गर्न सक्ने खुलासा भएको छ ।

डिसेम्बरमा विवाह बन्धनमा बाँधिदै, करण जोहर विवाहमा सहभागी हुन सक्नेछन् । बलिउड हंगामाको रिपोर्ट अनुसार शेर शाह जोडी अर्थात् कियारा र सिद्धार्थले डिसेम्बरमा आफ्नो विवाहको मिति तय गरेका छन् । विवाहपछि दुवैले मुम्बईमा रिसेप्शन पार्टी आयोजना गर्ने छन्, जसमा करण जोहरलगायत बलिउडका धेरै कलाकारहरु सहभागी हुनेछन् । प्राप्त जानकारी अनुसार दुवै विवाहको तयारीमा व्यस्त छन् । साथै, दुवै आफ्नो विवाह गोप्य राख्न चाहन्छन्। विवाहको सम्पूर्ण तयारी पूरा गरेपछि मात्रै यो जोडीले औपचारिक घोषणा गर्नेछन् ।

हालै करण जोहरको घरमा दीपावलीको अवसरमा पूजा आयोजना गरिएको थियो । यस पुजामा सबै बलिउड स्टारहरु सहभागी भएका थिए । त्यही क्रममा कियारा र सिद्धार्थ पनि पूजामा पुगेका थिए । यस पूजाका केही तस्बिर कियाराले हिजो दिपावलीको अवसरमा आफ्नो सामाजिक सञ्जालमा पोस्ट गरेकी छिन् । ती दुई फोटोमा उनी सिद्धार्थ र करणसँग देखिएकी छिन् ।

वास्तवमा, सिद्धार्थ र कियारासँग सम्बन्धित एक स्रोतले हालै खुलासा गरेको थियो, ’दुबै एकअर्कालाई धेरै माया गर्छन्। दुबैले अर्को वर्ष अप्रिलमा विवाह गर्ने सम्भावना छ । जसमा परिवार र नजिकका साथीहरू मात्र संलग्न हुनेछन्। कियारा र सिडले पहिले कोर्ट विवाह गर्नेछन् र त्यसपछि रिसेप्शन पछि ककटेल पार्टी गर्न सक्छन्।

बिग बोसको शनिबारको एपिसोडमा सिद्धार्थ आफ्नो आगामी फिल्म ‘थ्याङ्क गा‘ड’ को प्रमोशनका लागि पुगेका थिए । शोमा उनीसँगै फिल्मकी मुख्य अभिनेत्री रकुल प्रीत सिंह पनि देखिएकी थिइन् । यस क्रममा सलमान खानले सिद्धार्थको विवाहको बारेमा कुरा गरे । सलमानले भने,‘सिद्धार्थलाई बधाई छ, दाम्पत्य जीवनको शुभकामना ।’

सिद्धार्थ र कियाराले २०२१ मा फिल्म ‘शेर शाह’ मा सँगै काम गरेका थिए । सिद्धार्थ अभिनेता रोहित शेट्टीको सिरिज ’इन्डियन पुलिस फोर्स’ मा देखिनेछन्। यससँगै उनी अजय देवगनसँग फिल्म ‘थ्याङ्क गा‘ड’ मा पनि देखिनेछन् । तर, कियारा छिट्टै ‘सत्यप्रेम की कथा’ मा देखिनेछिन् । यस फिल्ममा उनको साथमा कार्तिक आर्यन पनि छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot