Logo

जनताको समस्या केन्द्रमा पुर्याउन सक्ने नेतृत्व चुन्न खतिवडाको आग्रह



काठमाडौं, १३ कात्तिक । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा युवा नेता रामहरि खतिवडाले जनताको कुरा केन्द्रमा पुर्याउन सक्ने नेतृत्वलाई चुनेर पठाउन मतदातासँग आग्रह गरेका छन् । सुनकोशी गाउँपालिका स्तरिय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै खतिवडाले यस्तो बताएका हुन् ।

उनले भने,‘संसद जो पनि हुन्छ तर तपाईहरुका कुरा केन्द्रमा काम गर्न सक्ने तपाइको भावना बुझ्न सक्नेलाई चुनेर पठाउनु होस । जनताको वीचमा एउटा कुरा बोल्ने संसदमा जाँदा अर्काे कुरा गरेको साथीहरु देखेका छौ । साथीहरु रेल घर–घरमा ग्यास पाइप र पानी जाहाजका कुरा गर्दछन । रेल कता गयो घर–घरमा ग्यासको पाइप आयो आएन पानी जहाज आएको छ छैन् ।’

संसद हुदाँ विगटन गर्ने, संसदमा जादा चल्न नदिनेहरु अहिले जनतामाझ भोट माग्न आएको समेत उनले टिप्पणी गरे । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पश्चगामी राप्रपा लगायतका दलसँग पनि गठबन्धन गरेको उनले बताए ।

ओलीको भन्दा सबै दृष्टीले सत्तागठबन्धन अगाडी रहेको उनको भनाइ थियो । युवा नेता खतिवडाले २०७४ सालदेखि यता ओखलढु्ंगामा एउटा मात्र विकासको ठुलो आयोजना नआएको सुनाए । उनले कांग्रेसले सधै बोलेको पुर्याउने दाबी गर्दै उनले भने, ‘हामी नहुने कुरा बोल्दैनौं, बोलेको कुरा पुरा गरेर छाड्छौ । हामीले ६५ बर्ष माथीका नागरिकलाई जेष्ठ नागरिक भत्ता दिने घोषणा गरेका थियौं । यो पटक ६८ माथीका लागि भत्ता दिन शुरु भएको छ । केपी ओली आफैले यसको विरोध गरि रहेका छन । हामीले संकल्प पत्रमा ६५ बर्ष माथीका जेष्ठ नागरिक भत्ता आगामी बर्षबाट पुरा गर्नेछौ । सुत्केरी महिलालाई ५ हजार दिने पद्धती शुरु गरेका छौ ।’

७३ बर्ष पुगेका जेष्ठ नागरिक र ३ बर्ष मुनीका बालबालिकाहरुका लागि निशुल्क उपचारको व्यवस्था मिलाउन यो गठबन्धनलाई संघ र प्रदेश ‘क’ मा काग्रेस र प्रदेश ‘ख’ मा गबन्धनका उमेरद्धार बाबुराम गौतमलाई भोट दिन आग्रह गरे ।



प्रतिक्रिया दिनुहोस्