Logo

गृहमन्त्री खाँणले गरे ६७ बुँदे संकल्पपत्र सार्वजनिक



काठमाडौं, १३ कात्तिक । गृहमन्त्री बालकृष्ण खाँणले संकल्पपत्र सार्वजनिक गरेका छ । रुपन्देही–३ प्रतिनिधिसभा सदस्य उम्मेदवार समेत रहेका खाँणले जनतासामु ६७ बुंदे संकल्पपत्र सार्वजनिक गरेका हुन् ।

आगामी मंसिरमा हुने निर्वाचनका लागि तयार गरेको संकल्पपत्र मार्फत उनले भैरहवालाई नै केन्द्रीत गरेर विकास निर्माण र भौतिक पूर्वाधारहरुलाई जोड दिएका छन् । भैरहवालाई महत्वपुर्ण औद्योगिक, व्यापारिक एवं पर्यटकीय केन्द्रको रुपमा विकास गर्ने पत्रमा उल्लेख छ ।

सिद्धार्थनगर नगरपालिका भित्र रहेका विशेष आर्थिक सेजमा विद्युतिय सबस्टेशन निर्माण तथा व्यवस्थित संचालनका लागि नीतिगत निर्णय गर्ने, पोखरासम्मको सिद्धार्थ राजमार्गलाई स्तरोन्नती गर्ने लगायतका संकल्पपत्रमा समेटिएका छन् ।

 



प्रतिक्रिया दिनुहोस्