Logo

बराबरीमा रोकियो रियल म्याड्रिड



एजेन्सी । स्पेनिस ला लिगामा रियल म्याड्रिड बराबरीमा रोकिएको छ । गएराति भएको खेलमा म्याड्रिड जिरोनासँग १-१ गोलको बराबरी खेल्दै लिगकोस शीर्ष स्थानमा उक्लिएको हो ।

घरेलु मैदानमा भएको खेलमा म्याड्रिडको लागि भिनिसियस जुनियरले गोल गर्दा जिरोनाको लागि क्रिस्टेन स्टुआनीले एक गोल गरे । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ७० औं मिनेटमा भिनिसियसले गोल गर्दै म्याड्रिडलाई शुरुवाती अग्रता दिलाएका थिए । ८० औं मिनेटमा स्टुआनीले पेनाल्टीमा गोल गर्दै जिरोनालाई १-१ गोलको बराबरीमा ल्याए ।

निर्धारित समयको अन्तिम मिनेटमा रोद्रिगोले गरेको गोललाई रेफ्रीले फवल दिँदा म्याड्रिड ३ अंकबाट वन्चित भएको थियो । यस्तै इन्जुरी समयमा टोनी क्रुस रातो कार्ड पाउँदै मैदान बाहिरिएपछि म्याड्रिडले १० खेलाडीमा रहेर खेलको अन्त्य गरेको हो ।

जीतसँगै म्याड्रिड १२ खेलबाट ३२ अंकको साथ लिगको शीर्ष स्थानमा उक्लिएको छ । पराजीत जिरोना समान खेलबाट १० अंकको साथ १६ औं स्थानमा रहेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot