काठमाडौं, कात्तिक १४ । नेपालको हवाई क्षेत्रको नियमनकारी निकाय नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले आगामि पुस १७ (सन् २०२३ जनवरी १) लाई पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल संचालनको दिन तोकेको झन्डै तीनमहिना अघि हो ।
प्राधिकरणले तोकेको दिनमा उडान सुरु भए अबको दुई महिनामा यहाँको विमानस्थलबाट हवाईजहाज उड्नुपर्छ ।प्राधिकरणले भने झन्डै तीनमहिना अघि विमानस्थल संचालनको दिन तोक्दा यहाँको विमानस्थल संचालनका जे जस्ता अप्ठेरा थिए, ती अहिले पनि उस्तै छन् । विमानस्थल संचालनलाई अवरोध मानिएका मुख्य बाधक अझै हटिसकेका छैनन ।
उडानको तिथि तोक्दा बाहिरी अप्ठेरा जे जस्ता थिए, ती अहिले पनि उही रुपमा छन । जहाज उडान तथा अवतरणका लागि मुख्य बाधक मानिएको रिठ्ठेपानी डाँडा कटानको काम सुरु हुन सकेको छैन् । बाधाहरु नहटेसम्म यहाँको क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान संचालन नहुने प्राधिकरणले यसअघि नै बताईसकेको छ । नागरिक दैनिकबाट