Logo

गुजरातमा झोलुङ्गे पुल भत्किएर दुर्घटना हुँदा मृत्यु हुनेको संख्या १३२ नाघ्यो



काठमाडौं, कात्तिक १४ । भारतको गुजरात राज्यमा झोलुङ्गे पुल भत्किँदा मृत्यु हुनेको संख्या १३२ पुगेको छ । मोर्बी नगररस्थित स्थानीय मच्चु नदीमाथि रहेको पुलमा दीवाली पर्व मनाउन सयौँ मानिसहरू जम्मा भएका बेला पुल भाँचिएको हो ।

१९औँ शताब्दीमा निर्मित २३० मिटर अग्लो उक्त पुल मर्मत सम्भार गरी पुनः संचालनमा ल्याइएको केही दिनमै यो घटना घटेको हो ।

पुलमा क्षमताभन्दा बढी मानिस जम्मा भएकाले घटना भएको आशंका गरिएको छ । मृत्यु हुनेमा अधिकांश बालबालिका, महिला र वृद्धवृद्धा रहेका छन् र मृतकको संख्या अझै बढ्न सक्ने समाचारमा जनाइको छ ।

प्रहरी, सेना र आपतकालिन टोलीले हाल उद्धार गरिरहेका छन् र अहिलेसम्म १७७ जनाभन्दा बढी मानिसको जीवितै उद्दार गरिएको छ ।

यसैगरी आफ्नो गृहराज्य गुजरातको तीन दिने भ्रमणमा रहेका प्रधानमन्त्री नरेन्द्र मोदीले उक्त घटनाले आफूलाई दुःखित तुल्याएको बताएका छन् । मोदीले घटनामा घाइते भएकालाई उपचार खर्च र मृतकका परिवारलाई राहत उपलब्ध गराइने पनि बताएका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot