Logo

कयौं भ्रष्टाचार काण्डमा फसेका लुला पुनः ब्राजिलको राष्ट्रपतिमा निर्वाचित



एजेन्सी । ब्राजिलमा आइतबार सम्पन्न राष्ट्रपति निर्वाचनमा पूर्व राष्ट्रपति लुइज इनासियो लुला पुनःराष्ट्रपतिमा निर्वाचित भएका छन् ।

लुलाले वर्तमान राष्ट्रपति जायर बोल्सोनारुलाई झिनो मत अन्तरले पराजित गर्दै राष्ट्रपतिमा निर्वाचित भएका हुन्। निर्वाचनमा लुलाले ५० दशमलब ८ प्रतिशत मत प्राप्त गरेका छन् भने राष्ट्रपति बोल्सोनारुले ४९ दशमलब २ प्रतिशत मत प्राप्त गरेका छन्।

एक महिनाअघि गरिएको राष्ट्रपति निर्वाचनमा कुनै पनि उम्मेद्वारले ५० प्रतिशत मत प्राप्त गर्न नसकेपछि हिजो पुनः निर्वाचन गरिएको थियो ।

राष्ट्रपतिमा निर्वाचित बामपन्थी धारका लुला सन् २००३ देखि सन् २०१० सम्म ब्राजिलको राष्ट्रपति रहेका थिए । कयौं भ्रष्टाचारका काण्डहरुमा फसेका लुलाको यो जितसँगै राजनीतिमा पुनरागमन भएको छ ।

चरम दक्षिणपन्थी नेता बोल्सोनारुले कोभिड महामारीको सही तरिकाले व्यवस्थापन गर्न नसकेको र अमेजनको जंगलमा व्यापक वन विनासका लागि अनुमति दिएको आरोप छ । नव निर्वाचित राष्ट्रपतिले आगामी जनवरीमा पदभार ग्रहण गर्नेछन् ।



प्रतिक्रिया दिनुहोस्