Logo

कैलालीको बुढीतोलामा जिप दुर्घटना, पाँच जना घाइते



कैलाली, कात्तिक १४ । कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ४ बुढीतोलामा जिप दुर्घटना भएको छ। प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका अनुसार दार्चुलाबाट धनगढी आउँदै गरको सुपप्र ००१ ज १२३४ नम्बरको जिप आज विहान अनियन्त्रीत भएर दुर्घटनामा परेको हो ।

जिपमा सवार पाँच जना घाइते भएका छन्। सडक किनारामा जिप उल्टो पल्टिदाँ दार्चुलाको नौगाड गाउँपालिका वडा नम्बर ४ बस्ने ७४ वर्षीया लालीदेवी धामी, सोही ठाउँका १४ वर्षीय अविशेक ठकुन्ना, ३८ वर्षीय रगुनाथ जोशी, ८४ वर्षीय सन्जु ठगुन्ना र जिप चालक २६ वर्षीय प्रेम धामी घाइते भएका हुन्। उनीहरुको अवस्था सामान्य रहेको प्रहरीले बताएको छ।



प्रतिक्रिया दिनुहोस्