काठमाडौं, १४ कार्तिक । नेपाली कांग्रेसका नेता तथा पूर्व महामन्त्री डा. शशांक कोइरालाको स्वास्थ्यमा सुधार आएको छ । हिजो दिउँसो २ बजे स्वास्थ्यमा एक्कासी समस्या आएपछि उनी चितवनको पूरानो मेडिकल कलेजमा भर्ना भएका थिए । सो अस्पतालमा उपचारपछि आफू सामान्य अवस्थामा फर्किएको उल्लेख गर्दै उनले आजबाट चुनावी कार्यक्रममा सहभागी हुने जनाएका छन् ।
उनले फेशबुकमा लेखेका छन्-
आदरणीय आमा बुवा, दिदीबहिनी तथा दाजुभाईहरुमा
जय नेपाल !!!
हिजो दिनको २ बजे गैंडाकोट नगरपालिका वडा नं १६ को चुनाव प्रचार प्रसार समितिको कार्यलय उद्दघाटन कार्यक्रममा प्रमुख अतिथिको रूपमा उपस्थित भई सम्बोधन गर्ने क्रममा अचानक मेरो स्वास्थ्यमा सामान्य समस्या देखिएकोले साथीहरुको सहयोगमा भरतपुर स्थित पुरानो मेडिकल कलेजमा गै उपचार गरी अहिले म सामान्य अवस्थामा रहेको जानकारी गराउँदछु।
यस परिस्थितिमा प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा सहयोग गर्नुहुने तमाम साथीहरु, मेडिकल कलेजका चिकित्सक टिम , पार्टीका साथीहरु, पत्रकार मित्रहरु, सुरक्षाकर्मी मित्रहरू तथा मेरो स्वास्थ अवस्थाबारे नियमित चासो चिन्ता र शुभेच्छा तथा स्वास्थलाभको कामना गर्नुहुने सम्पूर्ण दिदीबहिनी तथा दाजुभाईहरुमा म हृदय देखि नै धन्यवाद व्यक्त गर्दछु ।
अन्त्यमा आजको दिनबाट हुने चुनाव प्रसार प्रचार कार्यक्रमहरु यथावत रूपमा सञ्चालन हुने र उक्त कार्यक्रमका मेरो सहभागीता हुने कुरा जानकारी गराउँदछु।
जय नेपाल !!!
प्रा डा शशाङ्क कोइराला
लोकतान्त्रिक -बाम गठबन्धनको प्रतिनिधि सभा सदस्य उम्मेदवार
नवलपरासी(ब.सु.पु) क्षेत्र न १