Logo

अहिले नै फलानोलाई प्रधानमन्त्री बनाउँछौं भन्नु समयभन्दा अघिको विषय हुन्छ : देव गुरुङ (भिडिओसहित)



काठमाडौं, १४ कार्तिक । नेकपा (माओवादी केन्द्र) का महासचिव देवप्रसाद गुरुङले एमाले अध्यक्ष केपी शर्मा ओलीले पूर्वराजावादीहरुसँग गठबन्धन गरेको टिप्पणी गरेका छन् । हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

उनले भने,‘केपी ओलीले नेपाललाई विखण्डन गर्नुपर्छ भनेर तराई र पहाड विखण्डन गर्नुपर्छ भन्ने सिके राउतसँग गठबन्धन गर्नुभएको छ। एवम् प्रकारले ७–८ वटा घटकसँग गठबन्धन गरिराख्नुभएको छ । जो आँफै गठबन्धनमा छ, अनि अरुलाई गठबन्धनको कुरा गर्न मिल्छ ?’

उनले गठबन्धन भनेको सहकार्यको मोडेल भएको जिकिर गरे । उनले अहिलेको निर्वाचनमा अग्रगमन कि प्रतिगमन भन्नेबारे विचारको प्रतिष्पर्धा भैरहेको सुनाए । उनले अहिले नै फलानोलाई प्रधानमन्त्री बनाउँछौं भन्नु समयभन्दा अघिको विषय हुने टिप्पणी गरे ।



प्रतिक्रिया दिनुहोस्

Screenshot