Logo

सन्दीप लामिछानेविरूद्ध मुद्दा दर्ता, १२ वर्षसम्म कैद सजाय माग



काठमाडौं, १४ कार्तिक । नाबालिगमाथि बलात्कार गरेको आरोप लागेका सन्दीप लामिछानेविरूद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ। र, लामिछानेविरुद्ध १२ वर्षसम्म कैद सजाय माग दाबी गरिएको छ । आज (सोमबार) सरकारी वकिलको कार्यालय काठमाडौंले मुद्दा दर्ता गरेको जनाईएको छ ।

प्रहरीले लामिछानेविरूद्ध मुलुकी अपराध संहिताको परिच्छेद १८ को करणीसम्बन्धी कसूरको दफा २१९ जबरजस्ती करणी गर्न नहुने शीर्षकमा अनुसन्धान गरेको थियो। त्यसको उपदफा ३ को (घ) अनुसार १२ वर्ष सम्म कैद सजाय मागदाबी समेत गरेको प्रहरीले जनाएको छ।

 



प्रतिक्रिया दिनुहोस्