काठमाडौं, १४ कात्तिक । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष तथा काठमाडौं–५ का प्रतिनिधिसभा सदस्य उम्मेदवार ईश्वर पोखरेलले निर्वाचन आचारसंहिता उल्लंघन गरेको खुलाशा भएको छ । उनले निर्वाचन आचारसंहिता विपरित मतदातालाई प्रलोभनमा पार्ने काम गरेका हुन् ।
पोखरेलले टोखा सांस्कृतिक संरक्षित क्षेत्र भित्रका सांस्कृतिक सम्पदाहरू संरक्षण गर्दै आइरहेका ६ वटा भजन खलः लाई बाजागाजा हस्तान्तरण गरेका छन्। जसका खुलासा भजन खलः मा आवद्धहरुले नै खुलासा गरेका हुन् ।
‘टोखा सांस्कृतिक संरक्षित क्षेत्र भित्रका हाम्रो मुर्त अमुर्त सास्कृतिक सम्पदाहरू संरक्षण गर्दै आइरहेका ५ वटा दाफा भजन खलः र १ वटा भजन खलः लाई तात्कालीन समयमा नेपाल सरकारका कार्यवाहक प्रधानमन्त्री रहेका यसै क्षेत्रका सांसद ईश्वर पोखरेलले सबै खलः लाई आवश्यक सांस्कृतिक बाजा गाजा हस्तान्तरण गरेको र चतुरमास भजन कृतन अवलोकन गर्न आउनु भएको केही तस्बिरहरु राख्दै सत्यनारायण डंगोलले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘हामी आभारी छौं।’
निर्वाचन आयोगका एक अधिकृत स्रोतले आचारसंहिता लागु भइसकेपछि दल र उम्मेदवारले मतदाता प्रभावित हुने क्रियाकलाप गर्नु निर्वाचन आचारसंहिता विपरित भएको बताएका छन्। उनले एमाले वरिष्ठ उपाध्यक्ष तथा काठमाडौं–५ का प्रतिनिधिसभा सदस्य उम्मेदवारविरुद्ध उजुरी परे आवश्यक कारवाही गरिने पनि बताए।