काठमाडौं, कात्तिक १५ । ‘क’ वर्गका २६ वटै वाणिज्य बैंकले चालू आर्थिक वर्षको पहिलो त्रैमासमा बैंकहरूको नाफा सामान्य रूपमा बढेको छ । बैंकहरूले साउन, भदौ र असोजमा १८ अर्ब ६४ करोड ६८ लाख नाफा कमाएका हुन् ।
यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ५।९४ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको असोज मसान्तसम्ममा यी बैंकले १७ अर्ब ७० करोड ५७ लाख रुपैयाँ नाफा कमाएका थिए । तीन महिनामा बैंकहरूको निष्क्रिय कर्जा बढेका कारण नाफा बढेको देखिएको छ । राजधानी दैनिकबाट