Logo

एमालेविरुद्ध किन आक्रामक भए चित्रबहादुर केसी ?, ओलीमाथि आरोप (भिडिओसहित)



काठमाडौं, १५ कार्तिक । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले अहिलेको पाँच दलीय गठबन्धन देश र जनताको आवश्यकत्ताले बनेको दाबी गरेका छन् । उनले मुलुकमा लोकतन्त्र ल्याउनको लागि संघर्ष गर्नेहरुको बीचमा गठबन्धन बनेको भन्दै यसमा आपत्ति जनाउनुपर्ने कुनै कारण नरहेको जिकिर गरे ।

हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । केसीले आफ्नो दल अहिले सत्तामा जाने कुनै तयारीमा नरहेको दाबी गरे ।

यद्धपी उनले आवश्यक परे आफ्नो दल सरकारमा जान सक्ने बताए । उनले अहिलेको अवस्थामा एमालेले देशको राष्ट्रियता, अखण्डता र सार्वभौमसत्ता र संविधानको रक्षा गर्नै नसक्ने जिकिर गरे ।



प्रतिक्रिया दिनुहोस्