काठमाडौं, १५ कार्तिक। नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले गठबन्धन सरकार नालायक, भ्रष्ट, खन्चुवा र लुटेरा भएको बताएका छन् । झापामा हालै आयोजित मतदातासँगको भेटमा अध्यक्ष ओलीले गठबन्धन सरकारले देशको ढुकुटी लुटेको आरोप लगाएका हुन् ।
‘संसद्ले नभएर सेटिङमा परमादेशबाट बनेको असंवैधानिक सरकारका कामबाट विश्व नै लज्जित भएको छ,’ उनले भने–नालायक, भ्रष्ट, खन्चुवा, लुटेरा सरकारका अर्थमन्त्रीले केही व्यक्ति बोलाएर करका दर हेरफेर गर्छन् । देशको ढुकुटीमा योभन्दा ठूलो लुट अरू के हुन्छ रु यो सरकार देखेर विश्व लज्जित छ, तर गठबन्धनलाई कुनै लाज छैन ।’
उनले आफू नेतृत्वको सरकारले विकासका धेरै काम गरेको फेहरिस्त पनि सुनाए । आफू नेतृत्वको सरकारले गरेका ठूला विकासका काम देखेर एमालेको सरकार ढालेको अध्यक्ष ओलीले बताए । उनले भने, ‘हामीले धेरै काम गर्यौं । पाइपलाइनबाट पेट्रोल ल्यायौँ । अब भारतले नाकाबन्द गरे पनि पेट्रोल आउँछ । हामीले मेलम्चीको पानी काठमाडौं ल्यायौँ । अरुण तेस्रो जलविद्युतको सुरुवात गर्यौं । तामाकोसीबाट विद्युत उत्पादन गरेर लोडसेडिङको अन्त्य गर्यौं । यसरी मैले विकास गर्न थालेपछि मेरो नेतृत्वको सरकार ढालियो ।’
उनले आगामी निर्वाचनबाट देशमा परिर्वतन चाहने शक्तिको जीत हुने बताउनुभयो । झापाको कमल गाउँपालिका–३ क्याम्पामा आयोजित चुनावी भेलालाई सम्वोधन गर्दै अध्यक्ष ओलीले भन्नुभयो, ‘देशलाई स्थिर र विकास गर्ने सक्षम सरकार चाहिएको छ, निर्वाचनमार्फत त्यो पूरा हुनेछ ।’
उनले मङ्सिर ४ को आम निर्वाचनपछि देशमा एमाले नेतृत्वको सरकार बन्ने बताए । उनले अबको निर्वाचनपछि एमाले नेतृत्वमा राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० र जनता समाजवादी पार्टी ९जसपा० को सरकार बन्ने विश्वास व्यक्त गरे । उनले आजै शिवसताक्षीको माइधारमा आयोजित चुनावी अभिमुखीकरण कार्यक्रमलाई समेत सम्बोधन गरेका थिए ।